Logo

महान्यायाधिवक्तामा खरेल नियुक्त



काठमाडौँ, ८ फागुन (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम श्री खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्