Logo

निजामती र राजनीतिक नेतृत्वमा नैतिकताको बोध हुनुपर्छः मुख्यमन्त्री पौडेल



हेटौँडा, ९ फागुन (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक राजनीतिक आन्दोलनले फड्को मारेको भए पनि निजामती कर्मचारी र दलगत नेतृत्वमा नैतिकताको बोध हुन नसक्दा सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभएको छ ।

मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशमा रहेका विश्वविद्यालय र उच्च कलेजमा दलीय स्वार्थभन्दा शैक्षिक क्रियाकलापलाई गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक संस्था बनाउनुपर्दछ भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासन, आर्थिक पारदर्शी तथा सुव्यवस्थित शहर बनाउन संघीय सरकारले गुरुयोजना तर्जुमा गर्न लागेको जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेस मकवानपुर महासमिति सदस्यद्वय रामचन्द्र अर्याल, अशोक शाक्य र मकवानपुर बहुमुखी क्याम्पस प्रमुख बच्चुराम अधिकारीले नयाँ संरचनाअनुसार प्रदेशमा नयाँ विश्वविद्यालय स्थापना गर्न र शैक्षिक गुणस्तरलाई गुणात्मकरुपमा अघि बढाउन संघीय सरकार र उपमहानगरपालिकाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्