Logo

कान्तिपुरलाई ३ दिनभित्र सर्वोच्चमा उपस्थित हुन आदेश



काठमाडौं, १३ फागुन: सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ।

कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिक सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र पत्रकार कृष्ण ज्ञवालीलाई ३ दिन भित्र बयानका लागि आफै उपस्थित हुन आदेश दिएको हो।

कान्तिपुरले आचारसंहिता पालना गरे नगरेको छानविन गर्न प्रेसकाउन्सिलका नाममा अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीका ४ जन्ममिति, नागरिकतामै ३ वटा जन्ममिति लगायतका शीर्षकमा समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध तोयानाथ ढुंगानाले अदालतको अवहेलना मुद्दा हालेका थिए।



प्रतिक्रिया दिनुहोस्