Logo

सरकारमा जाने हल्ला हो, कुनै सहमति भएको छैन : यादव



काठमाडौं, १४ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आजै सरकारमा सहभागी हुनेबारे कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यादवको भेटवार्ता सकिएलगत्तै फोरम पनि सरकारमा सहभागी हुनेबारे हल्ला चलेको थियो । तर, यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफू सरकारमा सहभागी हुनेबारे कुनै सहमति नभएको स्पष्ट पारे ।

यादवले भने,‘संविधान संशोधनबारे उहाँहरुको प्रतिबद्धता आउँछ भन्नुभएको छ, तर सरकारमा जानेबारे कुनै सहमति भएको छैन, यो वाईहात हल्लामात्रै हो ।’



प्रतिक्रिया दिनुहोस्