Logo

एमाले-माओवादी संसदीय दलको संयुक्त बैठक आज



काठमाडौं, १९ फागुन। एमाले र माओवादी केन्द्रले शनिबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाएका छन् । पार्टी एक हुने अवस्थामा पुगेकाले संसदीय गतिविधिमा एकरूपता दिनेबारे प्रशिक्षणका लागि संयुक्त बैठक बोलाइएको हो ।

सोमबारबाट संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरूलाई केही प्रशिक्षण दिन लागिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले दुवै दलका सांसदहरूलाई निर्देशनसहितको प्रशिक्षण दिनुहुने छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्