Logo

कुटनीतिमा उत्ताउलोपनले देशलाई फाईदा गर्देन् : चालिसे



काठमाडौं, २० फागुन । पूर्वराजदुत डा. सुरेशचन्द्र चालिसेले पाकिस्तानी प्रधानमन्त्रीको भोलिबाट हुने दुई दिने नेपाल भ्रमण नेपाल सरकारकै अनुरोधमा हुन लागेकोले यो उत्ताउलोपना भएको टिप्पणी गरे । उनले भने,‘यसले सन्तुलित कुटनीति होईन कि भन्ने शंका तथा उपशंका पैदा गरेको छ।’

नेपालको विदेश नीति कुनै एक वा दुई पार्टीको नहुने भएकोले सिँगो देशको हुने भएकोले यसमा सबै पार्टीहरुलाई उत्तिकै महत्व दिनुपर्नेमा उनले जोड दिए ।

आईतबार रिपोर्टर्स क्लब नेपालले भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग पूर्ण बहुमत छ, तर विदेश नीति भनेको कुनै एक पार्टीको भन्ने कुरा होईन, यसमा सबै पार्टीलाई महत्व दिनुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै विदेश नीतिको सन्दर्भमा नेपालमा सन् १९९० देखि आजको दिनसम्म राष्ट्रिय सहमति कायम गर्न नसकिएको गुनासो पोखे ।

उनले भने,‘अहिले हाम्रो ५५ देशसँग द्धिपक्षीय सम्बन्ध छ, देशमा अहिले पनि विदेशी नीतिको हकमा संक्रमणकालिन अवस्था छ।’ अहिलेको सरकारले हाम्रो विदेश नीति यही हो भनेर जाँदाखेरि उत्ताउलोपन हुने उनको तर्क थियो । उनले थपे,‘यसले घाटा हामीलाई नै हुन्छ।’

नेपाल लिष्ट डेभलपमेन्ट कन्ट्री भएकोले यसले एड्भेन्चरस डिप्लोमेसी गर्न नहुने उनको धारणा थियो । उनले भने,‘नेपालले अहिले आईडिओलोजिकल लडाई लड्न सक्दैन्, हामीले अपनाउने भनेको नै प्रयोगात्मक र व्यवहारिकताको नीति हो।’

उनले पाकिस्तानको माध्यमबाट चीन माल्दिभ्स प्रवेश गरेको उल्लेख गरे । उनल थपे,‘यस्तो अवस्थामा पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदैहुनुहुन्छ, यो व्यवहारिकतामा पनि उत्ताउलोपना देखियो।’

 



प्रतिक्रिया दिनुहोस्