Logo

प्रतिनिधिसभा सदस्यको शपथमा चार सांसद अनुपस्थित



काठमाडौँ, २० फागुन (रासस) : संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो ।

प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराउनुभएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो ।

सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहनुभएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्