Logo

संसदीय दलको उम्मेद्धवारी : देउवा गुटका सबै उपस्थिति, पौडेल गुट अनुपस्थिति



काठमाडौं, २० फागुन । काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरुले आज उम्मेद्धवारी दर्ता गराएका हुन् ।

सभापति शेरबहादुर देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । आफु व्यस्त रहेकाले देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै सिंहले आँफै उम्मेद्धवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावक विजय गच्छदा र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् । उम्मेदवारी दर्ता गराउन खाँण लगायत नेताहरु संसदीय दलको कार्यालय पुगेका थिए ।

त्यस्तै सिंहको प्रस्तावकमा सितादेवी यादव छिन् भने समर्थकमा नेता सञ्जयकुमार गौतम छन् । उम्मेद्धवारी दर्ता गर्न जाँदा देउवा पक्षका प्रायः सबै नेताहरुको उपस्थिति थियो भने पौडेल पक्षबाट कोही पनि आएका थिएनन् । यसले कांग्रेसभित्रको राजनीतिमा नयाँ सन्देश दिएको अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्