Logo

नेपाल बैदेशिक राजेगार र नेपाल मेडिकल व्यवसायी संघबीच एकता



‘गाम्का र वायोमेट्रिकको सिण्डिकेट तत्काल अन्त्य हुने रेग्मीको विश्वास’

काठमाडौं, २२ फागुन । नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकता भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघले संयूक्त पत्रकार सम्मेलन गरेर गाम्का र वायोमेट्रिकको नाममा जारी सिण्डिकेट अन्त्यको लागि दुई संस्था एक भएको बताएका हुन ।

नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसनका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले निजी क्षेत्रलाई स्वतन्त्र भएर काम गर्ने वातावरण मिलाउनको लागि सरकारसँग माग गरेका छन् ।

उनले भने,‘बैदेशिक रोजगारमा जाने नेपालीहरुको स्वास्थ्य परिक्षणको लागि निजि क्षेत्रलाई भूमिका दिईएको छ, तर सरकारले पनि ओभरट्याक गरेको छ, कि सरकारले निजि क्षेत्रलाई निरुत्साहित पार्नुपर्यो होईन भने हामीले गर्दै आएको पेशा व्यवासायलाई धरापमा पार्ने खालका कामहरु गर्नुभएन, सरकार आँफैले गर्ने हो भने निजि क्षेत्रको लगानी फिर्ता गरोस्। ’

उनले अघि थपे,‘कोरिया र ईजरायल सरकारले आँफै स्वास्थ्य परिक्षण गर्छ, हामीलाई खुल्ला अर्थतन्त्रको नाराको घेरामा राख्ने काम अर्कै गर्ने यस्तो पनि मिल्छ ?’

त्यस्तै नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले गाम्का र वायोमेट्रिकको नाममा रहेको सिण्डिकेट तत्काल अन्त्य हुने बताएका छन् ।

उनले भने,‘नियम, कानूनले अन्त्य गरेको कुरा सिण्डिकेट पैसामा किनिएको छ, यसको आयू धेरै रहनेछैन्, म सबै व्यवसायी मित्रहरुलाई आग्रह गर्छु तपाईहरु कसैको आश्वासनमा नपर्नुहोला, पैसामा बिक्रि हुने काम नगर्नु होला, यो सिण्डिकेट तत्काल सकिन्छ ।’

उनले अघि थपे,‘यो प्रकारको सिण्डिकेटले प्रत्यक्ष रुपमा १० हजार मानिस प्रभावित भएका छन्, यस्तो स्थितिमा सरकारले पनि उचित मूल्यांकन र परिक्षण गरेको छैन्, हामीले विगतदेखि नै यस कार्यको बिरोध गर्दै आएका छौँ, आगामी दिनहरुमा पनि हाम्रा मागहरु सम्बोधन नहुञ्जेलसम्म लडिरहने छौं ।’

दुई संस्था नेपाल बैदेशिक राजेगार मेडिकल एशोसिएसन र नेपाल मेडिकल व्यवसायी संघबीच एकतापछि बनेको ‘नेपाल बैदेशिक रोजगार मेडिकल व्यवसायी संघ’ले सिण्डिकेटको अन्त्यको लागि डटेर सामना गर्ने बताएको छ ।

एकीकृत संस्थाको कार्यकारी अध्यक्षमा दुवै संस्थाका अध्यक्ष रहने आयोजकले जनाएको छ ।  एकीकृतपछि संस्थाको कार्यसमितिमा अध्यक्ष सिताराम रेग्मी, उपाध्यक्ष माधव गौतम, उपाध्यक्षमै विश्व शेरचन, महासचिव जय गुरुङ, सचिव नवराज पौडेल, कोषाध्यक्ष दिबाकर गौतम, सदस्यहरु लक्ष्मी श्रेष्ठ, खगेन्द्र कुमार सिंह, दिपक बाबु थापा, पम्फा श्रेष्ठ, हिराकुमारी श्रेष्ठ, सुर्यनारायण यादव, बेगम महरा, बाबिम राई, यमबहादुर तामाङ्, राजेन्द्र कुमार चौधरी र रमण गुरुङ रहने पनि उनीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्