Logo

एमाले–माओवादीले सभामुखको टुङ्गो अझै लगाएन, कांग्रेसले उम्मेदवार नबनाउने



फागुन २५, काठमाण्डौ । प्रतिनिधि सभाको सभामुख पदका लागि आज मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको आन्तरिक कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन हुनेछ । आजै दिउँसो १ः३० बजे मनोनयन गर्ने उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ ।

वाम गठबन्धनबीच भएको पदीय भागबन्डा अनुसार सभामुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिनेछ ।

यद्यपी एमाले–माओवादीबीच सभामुखको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने कि कृष्णवहादुर महरालाई भन्ने सन्दर्भमा अहिले छलफल चलिरहेको छ । माओवादी पक्षले कृष्णवहादुर महरालाई सभामुख उम्मेदवार बनाउन खोजेको छ ।

उता एमालेबाट सुवास नेम्वाङको लागि सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखमा कसैलाई पनि उम्मेदवार नबनाउने भएको छ ।

संसदमा सबैलाई समेटेर लैजानुपर्ने भएकाले आफूहरुले सभामुखमा कसैलाई पनि उम्मेदवार नबनाउने कांग्रेस नेता रमेश लेखकले बताए ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका व्यक्तिलाई नै समर्थन हुने लेखकको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्