Logo

काँग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने



काठमाडौँ, २५ फागुन (रासस) : नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गर्नुभएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जानकारी दिनुभयो ।

“प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायतका एजेण्डामा छलफल भएको थियो, अब बस्ने केन्द्रीय समितिको बैठकले समग्र विषयवस्तुमा छलफल हुनेछ”, प्रवक्ता शर्माले भन्नुभयो । उहाँले निर्वाचनपछि पार्टीले संसद्मा कस्तो भूमिका खेल्ने भन्नेबारेमा समेत बैठकमा छलफल हुने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्