Logo

महरा सभामुखमा निर्वाचित



काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले महरा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन । उनलाई कांग्रेस र संघीय समाजवादी फोरमले पनि समर्थन गरेका थिए ।

शुक्रबार एक बजेसम्म उम्मेदवारीका लागि समय तोकिए पनि कांग्रेसले भने माओवादी नेता महरा नै सभामुखका लागि उपयुक्त व्यक्ति भएको भन्दै उम्मेदवारी दिएन ।

 



प्रतिक्रिया दिनुहोस्