Logo

म्यानमारका राष्ट्रपति कायद्वारा राजीनामा



याङ्गुन, ७ चैत : म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ ।राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उहाँले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।

बुधबार उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिनुभयो ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुहुने जनाइएको छ ।

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो । उहाँले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्