काठमाडौँ, ८ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच छिट्टै बृहत्त पार्टी एकता घोषणा हुने भएको छ । यसअघि आगामी बैशाख ९ गते एकता घोषणा गर्ने एमाले उपाध्यक्ष वामदेव गौतमले उद्धघोष गरेका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार ऋषि धमलालाई तत्कालै आफूहरु पार्टी एकता घोषणा गर्ने तयारीमा जुटेको जानकारी दिए । उनले धमलासँग भने,‘हामी अब बैशाख ९ गते नै कुर्ने पक्षमा छैनौं, एकताबारे मोटामोटी सहमति भैसकेको छ, त्यसैले जतिसक्दो चाँडो नै हामी एकता गर्छौं।’