युरोपेली युनियनले नेपालको आन्तरिक विषयमा नाङ्गो हस्तक्षप गर्यो
चैत ९, काठमाण्डौ । नेपाली कांग्रेसको आजदेखि बस्ने केन्द्रिय समिति बैठकले पार्टीभित्रको आन्तरिक द्धन्द्ध समाधान गर्ने केन्द्रिय सदस्य डा. नारायण खड्काले दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले बैठकमा निर्वाचनको पराजयबारेको समिक्षाले धेरै समस्या समाधान हुने दाबी गरेका हुन् ।
“सबैको कमी कमजोरीको गहन र गहिरो समिक्षा गर्छौँ । पार्टीलाई नविकरण कसरी गर्ने, सैद्धान्तिक सुधारका बारेमा हामी विस्तृत समिक्षा गर्छौँ ।” खड्काले भने ।
गुटगत राजनीनिका कारण कांग्रेस कमजोर भएको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष तहका नेताहरुलाई गुटगत राजनीति अन्त्य गर्न दबाब दिइने खड्काले बताए ।
“शेरबहादुर र रामचन्द्रजीले गटको राजनीति अन्त्य गर्नुपर्छ । अरु कोको गुट बनाउन तयार हुनुहुन्छ, उहाँहरु सबैले इमानदार भएर गुटको राजनीति अन्त्य गर्नुपर्छ ।” खड्काले भने ।
गुटगत राजनीतिले पार्टीभित्र बार्गेनिङ बढेको खड्काको तर्क छ । “सभापति देउवाले अब पदाधिकारी नियुक्त गर्दा मेरो मान्छे, तेरो मान्छे भनेर काम नगर्नुस् ।” खड्काले भने ।
आफू कुनै पनि नेताको गुटमा नरहेको स्पष्ट पार्दै खड्काले आफू गुटको अन्त्यका लागि लड्दै आएको जिकिर गरे ।
आजदेखि सुरु हुने केन्द्रिय समिति बैठकमा भएको समिक्षा पछि आवश्यकताअनुसार महासमिति बैठक बोलाउन सकिने खड्काले बताए ।
अर्ली महाधिवेशन वा महाधिवेशनको आवश्यकता बारे गहन छलफल गर्नुपर्ने उनले बताए । “अर्ली महाधिवेशन गरेर मात्रै समाधन हुन्छ कि हुँदैन भन्ने कुरा सोच्नुपर्छ । झन झगडा र विवादको वातावरण हुने कुनै पनि काम गर्नुहुँदैन ।” खड्काले भने ।
पछिल्लो सयम युरोपेली युनियनले नेपालको आन्तरिक विषयमा विवादित धारणा सार्वजनिक गरेको विषयमा खड्काले आपत्ति जनाए । “नेपालको संविधानको प्रावधान, निर्वाचन आचारसंहिता, अन्तराष्ट्रिय निर्वाचन आचारसंहिता, सबैको उल्लङ्घन गरेर नाङ्गो तरिकाले हस्तक्षेप गरेको छ ।” खड्काले भने ।
यस विषयमा नेपाल सरकारले विज्ञप्ति निकालेर धारणा सार्वजनिक गर्नु सकारात्मक भएको खड्काको भनाई छ ।