काठमाडौं, २३ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।
भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंहले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। प्रधानमन्त्री अाेलीलाइ स्वागत गर्न गृहमन्त्री सिंह विमानस्थलमा प्रतिक्षा गरेका थिए। सिंह मोदी सरकारका वरिष्ठ मन्त्री हुन्। मर्यादाक्रममा उनी मोदीपछि दोस्रो वरियातामा छन्।