Logo

ओली-मोदीबीच सार्कबारे चर्चा भएन, विमस्टेक अघि सार्ने भारतको प्रस्ताव



काठमाडौं, २६ चैत । भारतको तीन दिने राजकीय भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच सार्क सम्मेलनबारे कुनै कुरा नभएको खुलासा भएको छ।

भारत भ्रमणका बेला सार्कका विषयलाई लिएर दुवै प्रधानमन्त्रीबीच कुनै कुरा नभएको उच्च स्रोतको दाबी छ । बरु भेटवार्ताको दौरान भारतीय प्रधानमन्त्री मोदीले सार्कभन्दापनि आफूहरुको ध्यान विमस्टेकतिर भएको ओलीलाई सुनाएकोपनि स्रोतको दाबी छ ।

उता भारतीय प्रोफेसर एसडी मुनीले सार्कलाई सिधै पाकिस्तानको एजेण्डा भएको बताएका छन् । उनले भारतको दि क्विन्टमा आज एक लेखमार्फत सो कुरा बताएका हुन् ।

उनले लेखमा उल्लेख गरेका छन्,‘ओलीले भनेको हरेक कुरामा हो मा हो मिलाएको भारतले सानो स्वरमा एउटा महत्वपूर्ण सन्देश दिएको छ । नेपालले पाकिस्तान र चीनसँगको सम्बन्ध चाहिनेभन्दा बढी न्यानो बनाएमा दिल्लीलाई चित्त बुझ्ने छैन । भारत सार्कको विकल्पमा बिमिस्टेकलाई अघि सार्न चाहन्छ र नेपालले पाकिस्तानको सार्क एजेण्डा नबोकोस् भन्ने पनि चाहन्छ ।’



प्रतिक्रिया दिनुहोस्