काठमाडौं, २७ चैत । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई निगरानीमा राख्नेगरि तयारी थालेको छ । आज विहान सिंहदबारमा बसेको मन्त्रिपरिषदको बैठकमा यस्तो चर्चा चलेको हो ।
विप्लवले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ पुर्जी जारी गरेका थिए । ओलीले रिपोर्टर्स क्लब नेपालको वीसौं वार्षिकोत्सवमा विप्लवलाई भद्दा मजाक नगर्न कडा चेतावनी दिएका थिए ।
सरकारको विकास र समृद्धिको यात्रामा बाधक बन्ने जो कोही समूहलाई सरकारले मुख्य निगरानीमा राख्ने तयारीबारे आजको बैठकमा छलफल भएको सूत्रहरुले जानकारी दिए ।