मोहन तामाङ : काठमाडौं, १६ बैशाख । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ । खाँदबारी–९ स्थित तुम्लिङटारमा रहेको कार्यालयमा अज्ञात समुहले गएराति १२ः२५ बजे बम विस्फोट गराएको जनाइएको छ ।
उक्त बम विष्फोटबाट पर्खालमा क्षति पुगेको बताइएको छ । उक्त आयोजनाको नेपालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिल्यानास गर्ने तयारी भइरहेका बेला बम बिस्फोट भएको हो । मोदी यही बैशाख २८ गते नेपाल आउने कार्यक्रम रहेको छ ।
विस्फोटका कारण वालमा सामान्य क्षति पुगेको प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए । घटनाको जिम्मा कसैले लिएको छैन । अनुसन्धान भइरहेको गौतमले बताए ।
यसअघि अरुण तेस्रोको पावरहाउस निर्माण स्थल पुखुवामा दुई पटक वम विस्फोट भइसकेको छ । दुवै घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको थियो ।