काठमाडौं, २ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया टुँग्याउनेगरि दुवै पार्टीका अध्यक्षबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टू वान’ वार्ता शुरु भएको स्रोतले जनाएको छ ।
दुई नेतावीच कुराकानी शुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । पछिल्लो समयमा दई नेताबीच दुरी बढेको चर्चा चलेको थियो ।