Logo

प्रचण्डपछि रेखा थापाको विप्लव मोह, सनसनीपूर्ण खुलासा (भिडियोसहित)



काठमाडौं, २७ जेठ । चर्चित नायिका एवम् राप्रपा–प्रजातान्त्रिककी नेतृ रेखा थापाले आफू हलिउड र बलिउडसँग प्रतिष्पर्धा गर्ने पक्षमा नरहेको बताउँदै थापाले देशको स्थिति के छ त्यही कुरा आफ्नो नयाँ चलचित्र मालिकामा देखाईएको बताईन् ।

शनिबार साँझ प्राईम टाईम्स् टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले एक ठाउँमा मात्रै विकास नभएर देशभरि नै विकास हुनुपर्ने धारणा राखिन् ।

आफू कामको सिलसिलामा देशको विभिन्न ठाउँमा पुगेको उल्लेख गर्दै उनले पार्टीगत रुपमा मात्रै विकास भएको पाउँदा दुःख लागेको सुनाईन् । उनले भनिन्,“नेता भनेको त अभिभावक हो, उहाँहरु जुन ठाउँबाट आज जितेर आउनुभएको छ, कमसेकम त्यो ठाउँको विकास हुनुपर्यो ।”

नेपाली चलचित्रप्रति आफूलाई कुनै गुनासो नभएको उनले बताईन् । थापाले भनिन्,“दिमाग अनुसार चलचित्र बन्ने हो । रेखा थापा प्याट्रनको फिल्म मैलेमात्रै बनाउने हो, अरुको आफ्नै प्याट्रन हुन्छ, त्यही अनुसार बनाउने हो ।”

आफूले विशुद्ध व्यापारको लागि मात्रै चलचित्र नबनाएको उनको दाबी छ । उनले थपिन्,“समाजको दायित्व निर्वाह गर्नुपर्छ है भन्ने मानिसहरुले समाज उठाउने खालका फिल्म बनाउँछन् । म अलिक पर छु । महिलाहरुलाई सशक्त बनाउने हो । मेरो उद्देश्य नै महिलालाई उठाउने हो, पुरुष त यसैपनि माथि नै छन् । तर महिलाहरु क्षमतावान हुनुपर्छ । महिलाहरु प्रतिष्पर्धा गर्न सक्षम छन् । किनकी हामी महिलालाई हेरिन्छ, हाम्रो आवरण हेरिन्छ् । हामी अब सुनिनुपर्यो ।”

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एकीकृत पार्टी नेकपाको सचिवालयमा एक जनापनि महिला नभएकोमा उनको गुनासो छ । उनले भनिन्,“नेकपाका महिलाहरुले विद्रोह गर्नुपर्छ । हाम्रो बाटो खोल्नको लागि उहाँहरुले बाटो खोल्नुपर्यो ।”

उनले आफूले भावी पीढिकै लागि पनि आफूले ध्यान दिएर चलत्रिका सिँगो पोष्टरमा आफ्नो फोटोर राखेर चलचित्र बनाएको दाबी गरिन् । उनले भनिन्,“नारीहरु सक्षम छन् । घरमा पनि समस्या छ । घरबाट नै परम्परागत बन्धन लगाईदिएको छ । म त भन्छु नारीहरु (तिमी) क्षमतावान बन, नाम र परिचय बदल्नुपर्दैन् ।”

२०६२/०६३ को जनआन्दोलनमा नारीहरु हजारौंको संख्यामा सहभागिता भएका थिए, उनीहरुकै कारण जनआन्दोलन सफल भएको थियो । अब यो देशमा नारी कहिले प्रधानमन्त्री बन्ने हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भनिन्,“हो, अहिले कार्यकारी राष्ट्रपतिको कुरा उठेको छ । हामी पनि प्रतिष्पर्धामा आउँछौं । म पनि प्रचण्डसँग प्रतिष्पर्धा गर्न तयार छु । नयाँ चेहरालाई पत्याईएन भने त्यो नयाँ पुस्ताको लागि दुर्भाग्य हुन्छ ।”

https://www.youtube.com/watch?v=3x7jdnSNwHk

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै एजेण्डा भएको थापाको स्विकारोक्ति थियो । उनले भनिन्,“यो एजेण्डा प्रचण्ड र बाबुरामको हो।” उनले अब जसले राम्रो काम गर्छ उसलाई नै जनताले भोट दिने समेत जिकिर गरिन् ।

उनले थपिन्,“अब पार्टी प्रणालीमा जानुहुँदैन् । हाम्रो देशमा विकास र समृद्धिको धेरै ठूला ठूला सम्भावनाहरु छन् । देशलाई ऋणमात्रै लगाउने ? संघीयताले धान्नजस्तो मलाई लाग्दैन् ।”

फरक प्रसँगमा नायिका थापाले आफू र प्रचण्डबीच प्रचण्डले पहिलो पटक प्रधानमन्त्रीबाट राजिनामा दिएपछि चिनजान भएको जानकारी दिईन् । उनले भनिन्,“उहाँसँग मेरो पहिलो भेट नै सिंहदरबार अघि उहाँको तत्कालिन माओवादीले माधव नेपाल नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्र्दा भएको हो।”

आफू प्रचण्ड भूमिगत हुँदादेखि नै उनको फ्यान रहेको थापाले सुनाईन । उनले भनिन्,“अहिलेपनि प्रचण्ड मलाई धेरै मनपर्छ । उहाँको मन असाध्यै राम्रो छ । बरु उहाँका आसेपासेहरुलाई बिगारेका छन् । प्रचण्ड लोभी खालको हुनुहुन्न । उहाँको मन सफा छ । उहाँ मनमा लागेको कुरा प्याच्च बोल्नुहुन्छ । तर मन सफा भएको मान्छेले बोल्दा अलिअलिक विवाद पनि हुन्छ।”

तत्कालिन माओवादी पार्टीमा प्रवेश गर्दा आफूलाई केहीपनि नभएको उनको जिकिर छ । “म पाउनको लागि गएको होईन् । मैले सांसद पद पनि माँगिन् । तर प्रचण्डले मलाई टिकट दिएको हो । त्यो त मैले आजसम्मपनि साँचेर राखेको छु, त्यो मेरो ईतिहाँस हो । प्रचण्डले मलाई पर्सा क्षेत्र नम्बर १ बाट टिकट दिनुभएको हो । उहाँले मेरो क्षमता र योगदानको कदर गरेर नै प्रत्यक्ष लडाउनको लागि टिकट दिनुभयो, त्यो खुशीको कुरा थियो ।”

माओवादी छोडेपनि प्रचण्ड आफूलाई मनपर्ने नेता भएको थापाको जिकिर थियो । उनले भनिन्,“अस्ति मंसिरमा चुनाव हुनुभन्दा अघि प्रचण्डसँग कुरा भएको थियो, उहाँले रेखाजी तपाई जहाँ भएपनि यो देशको छोरी हो, तपाई अघि बढ्नुपर्छ भन्नुभयो।”

आफूले माओवादी छोडेर राप्रपामा गएपनि देश नछोडेको उनको भनाई थियो । उनले भनिन्,“मैले धर्म र कर्म छोडेको छैन । मैले के सिकें भन्ने कुरा महत्वपूर्ण कुरा हो । जनताले केही नपाउने । गुमराहमा पार्ने नेताहरुले अब गर्नुहुँदैन्।”

प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनुभयो, उहाँको नेतृत्वको माओवादी अर्थात गणतन्त्रवादीसँग काम गरेको मान्छे एकाएक छोडेर तपाई कमल थापा नेतृत्वको राजसंस्थावादी पार्टीसँग घाँटी जोड्न जानुभयो नि ? भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा नायिका थापाले भनिन्,“मेरो विश्वविद्यालय माओवादी र राप्रपा नै हो, मैले सिक्न पाएँ ।”

नायिका थापाले त्यतिमात्रै नभएर अहिले आफू आवद्ध रहेको राप्रपा प्रजातान्त्रिक पार्टीमा पनि नेतृत्व युवा पुस्तालाई सुम्पिएन भने आफू त्यही पार्टीमा टाँसिएर नबस्ने उद्धघोष गरिन् । हरेक पार्टीहरुले अब युवा पुस्तालाई नेतृत्व दिनुपर्ने उनको माग छ । उनले भनिन्,“ म त बिना पद र लोभ देशको सेवा गर्छु ।”

उनले आफूलाई मन्त्री बन्न कुनै लोभ नभएको बताउँदै अब भए देश हाँक्नेगरि कि त प्रधानमन्त्री कि राष्ट्रपति नै बन्ने ठोकुवा गरिन ।

आफू आवश्यक पर्यो भने ओली र प्रचण्ड नेतृत्वको नेकपामा जानपनि सक्ने थापाको खुलासा छ । उनले भनिन,“शेरबहादुर देउवाको पार्टीभित्रपनि जान सक्छु । त्यो पनि मेरै देशको पार्टी हो । मलाई विप्लव पनि मनपर्छ ।”

वर्तमान सरकार आगामी पाँच वर्षको लागि गठन भएकोले मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हरेक नेपालीहरुले सहयोग पुर्याउनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्