Logo

देउवालाई पौडेल समूहको काउन्टर : प्रतिकारको लागि मोर्चाबन्दी



काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच आफ्नो समूहलाई बलियो बनाउनेगरि मोर्चाबन्दी कस्ने होडबाजी नै चलेको छ । सभापति देउवाले आउने महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्नेगरि मुभ गरेका छन् ।

यता सभापति देउवाविरुद्ध बरिष्ठ नेता पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र गगन थापाले मोर्चाबन्दी गरेका छन् । आज पार्टीको भातृ संगठन नेविसंघको ब्यानरमा भएको कार्यक्रममा नेता पौडेल र सिटौलाले सभापति देउवाले पार्टीमा अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको प्रतिकारका लागि मोर्चाबन्दी गर्नुपरेको सार्ववजनिक अभिव्यक्ति दिएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भने,‘कम्युनिष्टहरुको सरकार बनेपछि मुलुक अधिनायकवादतर्फ गएको भनेर कांग्रेसले भनिरहेका बेला हाम्रो पार्टीमै पनि त्यस्तो खतरा देखिन थाल्यो, त्यसैले अब एकजुट हुनुको विकल्प छैन र काङ्ग्रेसलाई कुनैपनि किसिमको अधिनायकवाद शैह्य हुँदैन्।’

कार्यक्रममा नेता सिटौलाले विगतका कमिकमजोरी सच्याउँदै मिलेर जान आफू तयार रहेको बताए । ‘काङग्रेसामु ठूलठूला चुनौती छन् अब मिल्नुको विकल्प छैन।’ अब आफू पौडेलसँगै मिलेर जान तयार रहेको नेता सिटौलाको भनाई थियो ।

त्यस्तै अर्का नेता सिंहले पाटीभित्रै कमिकमजोरी भए भनेर नेताहरुले बोल्न खोज्दा समेत प्रतिवन्ध लगाउन खोजिएको भन्दै सभापति देउवाको चर्को अलोचना गरे ।

देउवाप्रति निकै आक्रमक बनेका नेता सिंहले भने,‘पार्टीमा हामीले कमजोरी भयो भन्न पनि नपाउने ? काङ्ग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्छ, तर, त्यहाँभित्र भएका कमजोरी औंल्याउन पनि दिइँदैन, यो कस्तो लोकतान्त्रिक पद्धति हो’।

अर्का नेता अर्जुननरसिंह केसीले एकताबद्ध भएर अघि बढेमात्रै काङ्ग्रेसले आफ्नो पहिचान जोगाउन सक्ने धारणा राखेखका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्