काठमाडौं, २९ जेठ । संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्।
गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै आएका थिए।