Logo

उपेन्द्र यादव केपी ओलीसँग रिसाएपछि…



काठमाडौं, ४ असार । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । स्रोतका अनुसार ओलीको कार्यशैलीप्रति मन्त्री यादव सुरुवातदेखि नै असन्तुष्ट छन् । भोलिबाट हुने चीनको राजकीय भ्रमणमा यादवलाई ओलीले सहभागी गराएनन् ।

चीन भ्रमणको गृहकार्य सुरु भएदेखि नै यादवपनि उक्त भ्रमणमा जान ईच्छुक देखिन्थे । तर, प्रधानमन्त्री ओलीले उनलाई त्यति वास्ता गरेनन् । यादवलाई अहिले पार्टी सरकारमा सहभागी भएकोमा पनि पछुतो लागेको छ ।

स्रोतको दाबी छ,‘कर्मचारी सरुवा तथा बढुवा गर्न सकिएन भन्ने मन्त्री यादवको व्यापक गुनासो छ, उहाँले आफू निकटका नेताहरुसँग बेकारमा सरकारमा गईएछ भन्ने गुनासो गर्न थाल्नुभयो।’

०६५ सालमा उपप्रधान एवम् परराष्ट्रमन्त्री भएकोजस्तो अहिले यादवको प्रशंसा र हाईफाई देखिएको छैन । त्यसैले होला अहिलेपनि उनले पूनः परराष्ट्र मन्त्रालय नै ताकेको खबरहरु आएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणलगत्तै यादवलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको समेत चर्चा भएको थियो । तर, ओलीले भने कुनैपनि हालतमा त्यस्तो नगर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्