काठमाडौं, ६ असार । उद्योगपति अजेयराज सुमार्गीले आफ्नो निजी निवासमा केही दिन अघि एक भव्य मदिरा पार्टी दिएको तस्विर सार्वजनिक भएको छ। उक्त पार्टीमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलपनि प्रष्ट देखिन्छन् ।
पार्टीमा सुमार्गी पत्नी अस्मिता सुमार्गीपनि सँगै छिन् । मुख्यमन्त्रीसँगै मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटुवालपनि सरिक थिए । अस्मिताले नै उक्त तस्विर सार्वजनिक गरेकी थिईन् ।
यसको साथसाथै केही चीनीयाँ उद्योगपतिहरुपनि उक्त पार्टीमा सहभागी भएका थिए । सुमार्गीसँगै एउटै सोफामा मुख्यमन्त्री पौडेललाई पनि देखिन सकिन्छ । पौडेलले पनि मदिर पार्टीको प्रभाव परेको अनुमान गर्न सकिन्छ । स्रोतका अनुसार उनले मापसे गरेका थिए ।
सुमार्गीले केही दिन अघि नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत आफ्नै निवासमा बोलाएर भव्य भोज दिएका थिए । सुमार्गी र प्रचण्डबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको पनि बताईएको छ । बेलाबेला सुमार्गीसँग प्रचण्डको नाम जोडिएर विवाद समेत उत्पन्न भएको छ ।
बेलाबखत पार्टीको कामविशेषले मकवानपुर वा उक्त जिल्लाको आसपास जाँदा पनि प्रचण्डले सुमार्गी निवासमै आराम गर्ने गरेका छन् ।
मुख्यमन्त्रीले यसरी आर्थिक विववादमा पटक पटक जोडिँदै आएका व्यापारीको निजी निवासमै गएर मद्यपान पार्टीमा सहभागी भएसँगै अहिले विभिन्न टिकाटिप्पणी हुन थालेको छ । पौडेलमाथि यो घट्नासँगै पदीय मर्यादा उल्लंघन गरेको आरोप समेत लागेको छ ।