बेईजीङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी चीन भ्रमणकै क्रममा आफ्नो भ्रमण सफल र ऐतिहाँसिक भएको विश्वास दिलाएका छन् ।
बेईजीङमा रहेका पत्रकार ऋषि धमलासँग आज विहान संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले भने,“यो भ्रमणबाट म खुशी छु, अवश्य पनि यो भ्रमण ऐतिहाँसिक र सफल बनेको छ।”
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच हिजो (बुधबार) बेइजिङमा एक्लाएक्लै र प्रतिनिधिमण्डलसहितकको संयुक्त वार्ता भएको छ ।
बुधबार भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरू खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म र्पुयाउने परिकल्पनाले अब कार्यरूप पाउने भएको छ ।
त्यस्तै उर्जामन्त्री वर्षमान पुनले पनि भ्रमण ऐतिहाँसिक र सफल भएको दाबी पत्रकार ऋषि धमलासँगको कुराकानीमा बताए ।
सम्बन्धित समाचारहरु :
प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा
ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित
चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु
प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?
चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?
चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा
नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली
मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)
चीन भ्रमणको क्रममा विभिन्न ९ सम्झौताहरु समेत भएका छन् ।
१. माथिल्लो मस्र्याङ्दी–२ आयोजना (६००) मेगावाट निर्माण
२. कालीगण्डकी गर्ज आयोजना (१६४) मेगावाट निर्माण
३. त्रिशूली–गल्छी आयोजना (७५) मेगावाट निर्माण
४. सिउरी न्यादी जलविद्युत् आयोजना (४०.२७) मेगावाट निर्माण
५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
६. फलफूल प्रशोधन उद्योग स्थापना
७. नेपाली पस्मिना खरिद
८. पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग
९. रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण