Logo

प्रधानमन्त्री यी मन्त्रीसँग ‘फायर’, एक्शन लिने अन्तिम तयारी !



काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला आफ्नै नेतृत्वको सरकारका मन्त्रीहरुसँग फायर छन् । स्रोतका अनुसार ओली उनीहरुको कार्यशैलीप्रति त्यति सन्तुष्ट छैनन् ।

मन्त्रीहरुको कारण सरकारको बदनामी भएको भन्दै ओली रुष्ट बनेको उनी निकट उच्च स्रोतले जनाएको छ । सरकार गठन भएको आज चार महिना पूरा भैसक्दापनि जनतामा कुनै सकारात्मक आशा नजागेको देखेपछि ओली यतिवेला आफ्नै मन्त्रीहरुको कार्यशैलीप्रति निर्मम समिक्षा गर्न जुटेका छन् ।

आफू निकटका नेताहरुसँगको आन्तरिक परामर्शमा ओलीले तीन जना मन्त्रीको नाम नै किटान गरेर उनीहरुलाई केही समयको लागि अन्तिम मौका दिने तर त्यसपछिपनि नसुध्रिए कडा एक्शन लिने तयारी थालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग जनताले धेरै आशा गरेका थिए । मन्त्री बन्नुअघिसम्म उनी विकासबारे बहसमा जनताको मन छुने तर्क राख्ने गर्दथे । जब मन्त्रीको जिम्मेवारी सम्हाले, त्यसपछि त उनी ठ्याक्के उल्टो दिशामा अघि बढे ।

उनले कार्यकर्तालाई कनिका छरेकोजस्तोगरि ठूलो मात्रामा रकम बाँडेको कुरा बाहिर आएपछि प्रधानमन्त्री ओली अहिले उनीप्रति सबैभन्दा बढि आक्रोशित बनेका छन् । प्रतिपक्षी लगायत सरकार विरोधीहरुले मन्त्री अधिकारीकै कारण सरकारको विरोध तथा आलोचना गर्ने मसाला भेटेको भन्दै मन्त्री अधिकारीलाई समेत सच्चिनको लागि चेतावनी दिएका छन् ।

त्यस्तै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको कामबाटपनि प्रधानमन्त्री खुशी छैनन् ।

सरकारको बारेमा चौतर्फी ओलचना भैरहेको बेला मन्त्री बाँस्कोटाले विभागीय भूमिका समेत निर्वाह नगरेको गुनासो पार्टीभित्रकै नेताहरुले प्रधानमन्त्री ओलीलाई सुनाएपछि ओली उनीसँगपनि फायर बनेका छन् ।

एकपछि अर्को गल्ती मन्त्रीहरुले सुरुदेखि नै गर्दै आएपछि प्रधानमन्त्री ओली मन्त्रीहरुसँग आजिद बनेका छन् । ओलीले पटक-पटक मन्त्रीहरुलाई चेतावनीयुक्त सच्चिने मौकापनि र्दिएका छन् ।

तर, मन्त्रीहरु स्वेच्छाचारी ढंगले चल्न थालेपछि अब भने प्रधानमन्त्रीले कडा कारबाहीसम्मको तहमा पुग्नेगरि एक्शन लिने मनशाय बनाएको नेकपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले भने,”हेर्नुहोस, मन्त्रीहरुकै कारण प्रधानमन्त्रीमाथि अहिले विभिन्न आलोचनाहरु भैरहेका छन्, उहाँको स्पिरिटबमोजिम मन्त्रीहरु चल्न सकेनन्, उनीहरु व्यक्तिकेन्द्रित हुन थालेका छन्, अब पार्टीभित्रपनि यस विषयमा गम्भिर समिक्षा हुन्छ।”

 

 



प्रतिक्रिया दिनुहोस्