Logo

डाक्टर केसीको उपचार हुन्छ, माग पूरा हुँदैन् : शिक्षामन्त्री पोखरेल



काठमाडौं, २७ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डाक्टर गोविन्द केसीले उठाएका मागहरु अब शक्तिशाली आयोग गठन गरेर समाधान गरिने बताएका छन् ।

बुधबार राति प्राईम टाईम्स् टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहँछन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री पोखरेलले यस्तो खुलासा गरेका हुन् ।

डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदो रहेकोले उनको जीवनमा कसैलेपनि खेलबाड गर्न नहुने उनको भनाई छ । मन्त्री पोखरेलले केसीले उठाएका सबै मागहरु अहिले नै पूरा गर्न नसकिने समेत जिकिर गरे । उनले भने,”माथेमा आयोगले दिएको प्रतिवेदन अहिले हुबहु पारित हुँदैन, समय र परिस्थिति अनुसार परिमार्जन हुन्छ, वर्तमान सरकारले त्यही गरेको हो ।”

केसीको उपचारको लागि आज सरकराले चिकित्सकको टोली पठाउन चाहेको भएपनि चिकित्सक संघ र थोरै मौसमका कारणपनि आज सम्भव नभएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्