Logo

गंगामाया अधिकारीले अनशन तोडिन् (फोटोफिचर)



काठमाडौं, २९ असार । गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि गंगामायले आज अनशन तोडेकी हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर वीर अस्पतालमा गंगामायाको अनशन तोडाएका हुन् । उनले सरकारलाई १५ दिनको लागि मात्रै आफूले अनशन तोडेको बताएकी छिन् ।

साथमा पुगेका कानूनमन्त्री शेरबहादुर तामाङले  छोराको हत्यामा संलग्नलाई कारवाही गर्ने र परिवारका सदस्यको जीविकोपार्जन लगायतका माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाए  ।  मन्त्री तामाङलाई माग पूरा नभए फेरि अनशन बस्ने गंगामायाले चेतावनी दिएकी छिन् ।

२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बस्दै आएकी थिइन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्