Logo

डा. केसीको माग पूरा गर्नुपर्छ : चित्रबहादुर केसी



असार ३२, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले डा गोविन्द केसीको अनसनप्रति समर्थन जनाएका छन् । डा. केसीले गरिव जनताको पक्षमा आफुलाई समर्पण गरेको बताउदै नेता केसीले सरकार गरिवको भन्दा धनीको पक्षपोषक भएको आरोप लगाए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै उनले सरकारले व्यापारी र माफीयाको प्रभावमा परेर चिकित्सा शिक्षा विधेयकको मस्यौदा बनाएको आरोप लगाए ।

अध्यक्ष केसीले संघीयताले देशमा उल्टा परिवर्तन ल्याएको तर्क गरे । “नेपाली जनता वा राजनीतिक दलको चाहनाअनुसार संघीयता आएको होइन । शक्तिकेन्द्रहरुले लादे । अहिले घाँटीमा अड्किएको छ ।” केसीले भने ।

संघीयता कार्यान्वयन भए पनि देशको आर्थिक अवस्था कमजोर भएकाले सफल हुन नसक्ने केसीको ठोकुवा छ । “नेपालबाट निर्यात हुँदैन । आयात मात्रै हुन्छ । व्यापार घाटा बढेको बढ्य छ ।” केसीले भने ।



प्रतिक्रिया दिनुहोस्