काठमाडौं, ३ साउन । विपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । बिहीबारका बैठक १ बजे बोलाईको थियो ।
अब अर्को बैठक११ गते मात्र बस्नेछ । सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ । अब यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने तयारीमा छन् ।