Logo

समर्थकलाई अभिवादन गर्दै डाक्टर केसी टिचिङ अस्पतालमा (फोटोफिचर)



काठमाडौं, ३ साउन। त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई बिहिबार साँझ त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनशनरत डा. केसीलार्इ सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।

सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण गरी डा केसीलाई सेनाकै एम्बुलेन्समा राखेर टिचिङ अस्पताल पुर्‍याइएको हो। टिचिङ अस्पतालमा डा केसीलार्इ गणेशमान सिंह भवनमा राखिएकाे छ।

सम्बन्धित समाचार :

केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती

डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल

डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा

चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)

डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की

यसअघि अाइसियुकाे एक र दुर्इ नम्बरमा केसीलार्इ राख्ने भनिए पनि डाक्टर केसीले त्यहाँ बस्न नमानेपछि पुरानै स्थानमा राखिएको हो। अहिले साढे ८ बजे डा केसीले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्