काठमाडौं, ६ साउन । आज विपी स्मृति दिवस । नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरि मनाएको छ । तर आज राति प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा कांग्रेसका पूराना नेताहरु तिर्थराम डंगाले र हरिबोल भट्टराईबीच झण्डै हात हालाहाल भएको छ ।
विपी कोइराला युग पुरुष भएको डंगोलको भनाई छ । विपी नेतामात्रै नभएर साहित्यकार पनि रहेको बताउँदै उनले भने, “जनताको नामबाट साहित्यको सिर्जना भएको थियो ।”
नेता डंगोलले अहिले आफूहरुले खोजेको गणतन्त्र भएको भएपनि तर यहाँ नेतातन्त्र भएको गुनासो पोखे । उनले भने,”किनकी नेताहरुले जे भन्यो त्यही हुन्छ । ”