Logo

नेकपा सचिवालयको बैठक सुरु, ओली–प्रचण्ड नयाँ रणनीति बुन्दै



काठमाडौं, ७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको सचिवालय बैठकमा अनशनरत डाक्टर गोविन्द केसीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलित भएकोले कसरी अगाडि बढ्ने भन्नेबारे नयाँ रणनीति बनाउनेबारे छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू डाक्टर केसीसँग वार्ता गर्न तयार रहेको तर यसको लागि केसीले तत्काल अनशन तोड्नुपर्ने शर्त राखेका छन् । ओलीले केसीबाहेक अरुसँग वार्ता नगर्ने अडान लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्