Logo

BREAKING: गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता सहमति नजिक, भोली हस्ताक्षर हुने



साउन ८, काठमाण्डौ । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच भएको वार्ता सहमति नजिक पुगेको छ ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने अडान छोडेपछि वार्ता सुरु भएको थियो ।

केसी र सरकार दुवै पक्ष लचक भएपछि आजको वार्ता सहमति नजिक पुगेको केसी पक्षका सदस्य डा. अभिसेक सिंहले जानकारी दिए ।

आजको वार्तामा सहमतिको ड्राफ्टसमेत तयार भएको उनले बताए ।

वार्ता भोली पुनः बस्ने गरी टुङ्गिएको केसी पक्षका सदस्य डा. अभिसेक सिंहले जानकारी दिए ।

भोली सहमति पत्रमा हस्ताक्षर हुने सिंहको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्