Logo

किसानले उत्पादन गरेका बस्तुहरु प्रदेश सरकारले बिक्रिगर्छ: मन्त्री केसी



लंकराज धमालाः सुर्खेत, १० साउन । भुमि ब्यवस्था कृर्षि तथा सहकारी मन्त्रालय ले कर्णाली प्रदेशलाई आत्मा निर्भर बनाउने र कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा बिकास गर्ने बताएको छ । भुमि व्यबस्था, कृर्षि तथा सहकारी मन्त्री बिमला केसीले पशुपालनलाई प्राथमिकता नदिई अर्गानिक क्षेत्रको विकास नहुने दाबि गरेकी छन् ।

उनले भनिन्,‘पहिलो प्राथमिकता पसुपालनलाई दिई सस्तोमा उत्पादन गरेर महंगोमा बिक्रि बितरण गर्नेगरि अर्गानिक उत्पादनको बिकासगर्ने कार्यक्रम कार्यनवयन गर्नुपर्ने हुन्छ, त्यसको लागि मन्त्रालय तयार छ, सहकारी मार्फत जनतालाई आत्मा निर्भर र स्वरोजगारको ब्यबस्था गर्ने गरि बजेट बिनियोजन गरिएको छ ।’

उनले अघि थपिन्,‘कर्णाली प्रदेशका किसानहरुलाई प्रोत्साहन अनुदान कार्यक्रम, उत्पादनलाई पकेट बनाई परिणाम देखाउने गरि अबको ५ बर्षभित्र ‘बन नै कृर्षि, कृर्षि नै बन’ बनाएर बनलाई पनि फलफुलमय बन–जंगल बनाउने गरि मन्त्रालय अगाडी बढेको छ ।’

किसानले उत्पादन गरेको बस्तुहरुको बिक्रि बितरणको जिम्मेवारी प्रदेश सरकाले लिने बताउँदै किसानलाई उत्पादनमा ध्यानदिन मन्त्री केसीले आग्रह गरेकी छन् ।

मन्त्री बेसीले कृर्षकले उत्पादन गरेको बस्तुहरुको बजारीकरणका लागी ३ करोड बिनियोज गरिसकेको र अब यसलाई कार्यनवयनका लागि सहकारीलाई अनुदान दिई कार्यक्रम तत्काल अगाडि बढाउने जानकारी दिएकी छन ।



प्रतिक्रिया दिनुहोस्