Logo

अनिल झाको आरोप : ओली सरकार संघीयता समाप्त पार्न उद्धत छ



काठमाडौं, १२ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले वर्तमान सरकार संघीयता कार्यान्वयन गर्ने विषयमा उदासिन रहेको आरोप लगाएका छन् ।

शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनको नियमित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले यस्तो आरोप लगाएका हुन् ।

झाले सरकार संघीयता समाप्त पार्न लागेको गम्भिर आरोप लगाउन भ्याए । उनले भने,“सरकार संघीयता विरोधी हो, मुख्यमन्त्रीहरुलाई सरकारले खासै अधिकार दिएन।”

आफ्नो दललाई सरकारमा सहभागी हुन सरकारले पटक पटक आग्रह गरेको भएपनि आफूहरुको मुख्य एजेण्डा संविधान संशोधन भएकोले त्यो मुद्दा पूरा नभएसम्म सरकारमा सहभागीबारे कुनै चासो नभएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्