Logo

फुटबलर बिमल घर्तीमाथि मापसेको आरोप, मागियो लिखित स्पष्टीकरण



काठमाडौं, १४ साउन । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई ७२ घन्टाभित्र लिखित स्पष्टीकरण दिन सोमबार निर्देशन दिएको हो ।

पाँच खेलाडीहरु बिमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापामगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसँग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घन्टाभित्र लिखित जवाफ दिन निर्देशन दिइएको एन्फाका प्रवक्ता किरण राईले बताए ।

 



प्रतिक्रिया दिनुहोस्