Logo

ओली ज्ञानेन्द्र पथमा, उनलाई हटाउन सडक आन्दोलन गर्छौं : खाँण (भिडियोसहित)



काठमाडौं, १९ साउन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्र शाहको पथमा हिँडेकोले उनलाई हटाउनको लागि आफ्नो पार्टीले सडक आन्दोलन तताउने घोषणा गरेका छन् ।

शनिबार प्राईम टाईम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खाँणले प्रधानमन्त्री ओलीलाई हटाउनेसम्मको चेतावनी दिएका हुन् ।

बिशेष कुराकानी ~ Prime Times Television

बिशेष कुराकानी ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।बिशेष कुराकानी ~ प्रतक्ष्य प्रसारण

Posted by Prime Times Television, Nepal on Saturday, 4 August 2018

सम्बन्धित समाचार 

जोशीबारे कांग्रेसले संसदमा आवाज उठाउने, प्रधानमन्त्री ओलीलाई यस्तो चुनौति

कांग्रेसको अबको रणनीति के छ भनेर पत्रकार धमलाले सोधेको आक्रमक प्रश्नमा उनले भने,“अब सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ती सर्वोच्च अदालतका न्यायाधीशहरुमध्येबाट हुने हो । न्यायाधीशपनि सर्वोच्च अदालतमा तीन वर्षको कार्यकाल पूरा गरिसकेका न्यायाधीशहरुमध्येबाट, अब त्यसै आधारमा न्याय परिषदले तीन जना न्यायाधीशको नाम सिफारिश गर्यो । प्रधानमन्त्रीको सभापतित्वमा संवैधानिक परिषदको बैठक बस्यो । त्यो बैठकले तीन जनामध्ये उपयुक्त चहिने दिपकराज जोशीलाई ठहराएर नाम पठायो । नामको बारेमा निकै बहस र छलफल भयो । प्रधानमन्त्री आँफैले नाम प्रस्तावित गर्नुभयो, उहाँको जम्मै अभिलेखहरु, योग्यताहरु, क्षमता तथा औचित्यताहरु हेरेर र पुष्टि गरेर नै उहाँले जोशीको नाम सिफारिश गर्नुभयो । फेरि उहाँकै पार्टीका माननीयहरुले उहाँको नाम अस्विकृत गरे ।”



प्रतिक्रिया दिनुहोस्