काठमाडौँ, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौ १४ गते काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको ।काठमाडौं आएको भालिपल्ट भदौ १५ गते मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भैसकेको नेपाल सरकारले जानकारी दिएको छ ।
भारतका प्रधानमन्त्रीसँगको भेटवार्तापछि काठमाडौँ–रक्सोल रेलसेवा सञ्चालनको सम्भाव्यता अध्ययन र मालवाहक रेलसेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनका साथै भारत सरकारको सहयोगमा पाशुपत क्षेत्रमा निर्मित धर्मशालाको उद्घाटन हुने जानकारी मन्त्री ज्ञवालीले दिए ।मोदी काठमाडौंमा हुने विमस्टेकको थौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउँदैछन् ।