Logo

एसिया कप छनौट : उत्कृष्ट बलिङको मद्दतमा नेपालले सिंगापुरलाई १५१ रनमै रोक्यो



भदौ १७, काठमाण्डौ । एसिया कप क्रिकेटको छनौट खेलमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

५० ओभरको खेलमा सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट भएका हुन् ।

युकेएम ओभलमा हुने खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर नेपाली बलरसामु सिंगापुरका व्याट्सम्यानले राम्रो खेल्न सकेनन् । सिंगापुरका लागि सुर्यवंशीले ६० र पर्रामले ३१ रन जोड्नुबाहेक अरु खेलाडिले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा अलआउट गराउने क्रममा ललित राजबंशी र सन्दिप लामिछानेले समान ३–३ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले १ विकेट लिए ।

६ टिम सहभागी प्रतियोगितामा लगातार तीन खेल हारेको सिंगापुर भने फाइनल होडबाट बाहिरिसकेको छ ।
आजै ओमान र हङकङ तथा युएई र मलेसियाबीच खेल हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्