Logo

रामचन्द्र पौडेलले सभापति बन्नका लागि देउवासँग गरे यस्तो सम्झौता



भदौ १८, काठमाण्डौ । नेपाली कांग्रेसको पार्टीभित्र एक अर्काको प्रतिस्पर्धीको रुपमा देखिदै आएका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच निकटता बढ्दै गएको छ ।

देउवा पार्टीभित्र आलोचित हुँदै गएका बेला पौडेलले फकाएर आगामी महाधिवेशनमा आफूलाई समर्थन गरेर सभापति बन्न सहयोग गरिदिन आग्रह गरेका छन् । पौडेलको आग्रहप्रति देउवा सकारात्मक देखिएका छन् ।

अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने र त्यसपछिको सरकारमा प्रधानमन्त्री बन्नका लागि देउवालाई सहयोग गर्ने पौडेलेको आश्वासनले देउवा सकारात्मक बनेका हुन् ।

पछिल्लो भेटमा पौडेलले देउवालाई भनेका थिए, “म प्रधानमन्त्री बनाउन सहयोग गर्छु, गिरिजा ८४ वर्षमा प्रधानमन्त्री बनेका थिए, तपाई पनि बन्नुस् ।”

पौडेलले पनि पछिल्लो चुनावमा पार्टीले भोगेको पराजयका कारण आफू सभापतिमा उठ्दा हार्ने हो कि भन्ने अनुमान गरेर पौडेलेको कुराप्रति सकारात्मक बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्