Logo

अन्ततः प्रधानमन्त्री ओलीले विमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागि नहुन निर्देशन दिए



भदौ २२, काठमाण्डौ । बिम्स्टेक राष्ट्रका सेनाहरुबीच भारतमा हुन गइरहेको संयुक्त सैन्य अभ्यासबाट नेपाल सहभागि हुने विषय विवादमा परेपछि प्रधानमन्त्रीले सहभागि नहुने निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयका सचिव मार्फत् नेपाली सेनालाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन गएको हो । प्रधानमन्त्री ओलीले हिजो रक्षा मन्त्रालय मार्फत् सैन्य अभ्यासमा जाने पुर्ववत् निर्णय फिर्ता लिएको हो ।

बिम्स्टेक चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको सार्वजनिक गरेका थिए ।
भारतको पुणेमा १० सेप्टेम्बरबाट हुन गइरहेको संयुक्त सैन्य अभ्यासमा सहभागीका लागि नेपाली सेनाले सम्पूर्ण तयारी गरिसकेको थियो । तर, प्रधानमन्त्री ओलीबाट सहभागी नहुने निर्देशन आएपछि नेपाली सेना अभ्यासमा नजाने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दलबाटै पनि विरोध भएको थियो ।
बिमस्टेक राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभए पनि चीनसँग हुने सगरमाथा फ्रेन्डसिप २ मा भने सहभागी हुनेछ ।



प्रतिक्रिया दिनुहोस्