Logo

निर्मलाका बाबु यज्ञराज पन्तले ऋषि धमलासँग गरेको खुलासा जस्ताको तस्तै



मेरो छोरीको बलात्कारपछि हत्याको घटनामा संलग्न वास्तविक हत्यारालाई सार्वजनिक नगर्न छानवीन समितिका सदस्यलाई नै धम्की आएको सुनिएको छ । मैले न्याय पाउने हो कि होइन ? २ महिना हुन लाग्दासम्म सरकारले किन वास्तविक हत्यारालाई सार्वजनिक गर्न सकेन ? एउटा निर्दोष पागल मान्छेलाई समातेर आरोप पुष्टी नभएपछि छोडिइको छ ।

रोशनी र बबितालाई पनि छोड्यो । अब वास्तविक हत्यारा को हो ? कञ्चनपुरबासी के आशामा बस्ने ?

प्रधानमन्त्री केपी ओलीले नै बोल्नुभयो कि अनुसन्धान गर्न दिइएन, आन्दोलनको तयारी गरिएको छ भनेर । अनुसन्धानमा सहज होस भनेर हामीले निर्मलाको पोष्टमार्टम गरेर अन्तिम संस्कार गरेका हौँ । तर प्रधानमन्त्री ओलीले भन्नुभयो कि मेयरको घरको आँगनमा लास राखिएको छ । यो झुटो हो । रोशनी र बबिताका पक्षमामा बोलेर प्रधानमन्त्रीले हत्यामा संलग्न भएको आशंका गरिएको व्यक्तिको सपोर्टमा बोल्नुभएको छ ।

रोशनी र बबिताको घरमा जाँदा मात्रै मेरी छोरी जिवित थिइ, त्यसपछि बाहिर कसैले पनि देखेको छैन । अनि रोशनी र बबितामाथि अनुसन्धान होस् भन्दा धम्की आएको छ । मलाई यतिसम्म भनियो कि बुबाले छोरीलाई बलात्कार गरेको थाहा छ कि छैन ? तपाई त भारतमा भएकाले बच्नुभयो । यस्तो भन्दा मेरो हृदय कति रोयो होला ?

छोरी हराएपछि हामीले सबैलाई खबर गर्यौँ । घटनास्थलकै अगाडि १०० मिटरमा इन्स्पेक्टरको घर छ । आइदिनुपर्यो भन्दा ति रोशनी र बबिताको घरमा बदमास केटीहरु बस्छन्, हामी आउन सक्दैनौँ भन्नुभयो । भोली दिउँसो खानतलासी गरौँला भनेर टार्नुभयो ।

प्रहरीलाई नै बदनाम भएका केटीहरु छन् भन्ने थाहा छ भने आउनुपर्छ कि पर्दैन । जिल्ला प्रहरी कार्यालयमा खबर गर्दा उल्टै धम्की दिइयो ।

रातिको १२ बजे अस्थायी प्रहरी बिटमा पनि गयौँ । त्यहाँका प्रहरी बर्दी लगाएर खोज्न तयार भएका थिए । तर जिल्ला प्रहरीमा सम्पर्क गरेपछि जान मानेनन् । राति जान सक्दैनौँ, जिल्लाबाट अनुमति आएन भने ।

हत्यारा यो नै हो भनेर अहिलेसम्म किटानी गर्न सकिएको छैन । रोशनी र बबिताले बलात्कार गर्ने कुरा भएन । तर उनीहरुको मिलेमतोमा कोको छन् भन्ने कुरा शंकास्पद छ ।

हामीले तत्काल जाहेरी दिएनौँ । यस्तो कुरा थाहा पनि भएन । कसैले सल्लाह पनि दिएन । हामीले जाहेरी दिने बेलासम्म सबै प्रमाण नष्ट गरियो । अम्बाको रुख काटियो, लुगा पखालियो । अनि मात्र एसपीले जाहेरी नि सल्लाह दिनुभयो ।

भदौ २८, काठमाण्डौ ।

निर्मला पन्तकी आमा–बुबाको रोदन कसले सुन्ने ?

कसले गर्यो बलात्कार, किन हुन सकेन अनुसन्धान ? अब के हुन्छ ?बाबुआमाले गरे सम्पूर्ण खुलासा

Posted by Parewa News on Wednesday, 12 September 2018



प्रतिक्रिया दिनुहोस्