काठमाडौं, २ असोज । चिनियाँ पक्षले केरुङ प्रवेश गराउन एजेन्टको गाडीमा सामाग्री लैजान अनुमति नदिदाँ डोल्पा लैजान लागेको चामल र नुन पछिल्लो एक महिनादेखि रसुवागढी नाकामा रोकिएको छ ।
रसुवागढी नाकाहँुदै डोल्पा लैजान लागिएको नेपाल खाद्य सँस्थानको चार हजार सात सय क्विन्टल चामल र नेशनल ट्रेडिङ लिमिटेडको दुई हजार सात सय क्विन्टल नुन नेपालबाट केरुङ प्रवेशको अनुमति नपाउदाँ नाकामा नै रोकिएको हो ।
चिनियाँ पक्षले केरुङ प्रवेश गराउन एजेन्टको गाडीमा सामाग्रि लैजान अनुमति नदिदाँ डोल्पाको लागी सामाग्रि बोकेका ८० वटा कन्टेनरका खाद्यान्न लगायतका सामाग्रि नाकामा नै थन्किएको छ । डोल्पाको उपल्लो क्षेत्रका बासिन्दाको लागी सरकारी अनुदानमा लैजान लागिएको चामल, नुन सहित विद्यालय, स्वास्थ्य सँस्था र झोलुङ्गे पुल निर्माणमा प्रयोग हुने सामाग्रि केरुङ प्रवेश नपाएपछि भन्सारमा नै रोकिएको छ ।
नेपाली एजेन्ट मार्फत यसअघि केरुङहुदै त्यसतर्फ सामाग्रि लैजाने गरिएपनि यो पटक चिनियाँ पक्षले नमिल्ने जनाएपछि खाद्य सामाग्रि टिमुरे स्थित प्रहरी चौकीमा भण्डारण गरिएको छ ।
डोल्पाका बासिन्दाले खाद्यान्न नपाइरहेको समयमा त्यहाँ लैजान लागिएको सामाग्रि एक महिनादेखि रोकिदा नेपाली पक्षले सहजिकरणमा सहयोग नगरेको खाद्य सामाग्रि लैजाने जिम्मा पाएका प्रतिनिधिहरुले गुनासो गरेका छन् । उनीहरुको अनुसार टिमुरे स्थित भण्डारण स्थल व्यबस्थित नहुदाँ र गाडीबाट बाहिर ओसार–पसार गराउदा खाद्य सामाग्रिको म्याद गुज्रने तथा अखाद्य हुने चिन्ता बढाएको छ ।
रसुवागढी नाकाहँुदै डोल्पा लैजान लागिएको नेपाल खाद्य सँस्थानको चार हजार सात सय क्विन्टल चामल र नेशनल ट्रेडिङ लिमिटेडको दुई हजार सात सय क्विन्टल नुन नेपालबाट केरुङ प्रवेशको अनुमति नपाउदाँ नाकामा नै रोकिएको हो ।