काठमाडौं : कमल थापा नेतृत्वको राप्रपाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता मान्यतावारे पुनर्विचार गर्न आग्रह गरेको छ ।
पार्टीको बिहिबार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले बिगतको अनुभव र वर्तमान यथार्थको धरातलमा उभिएर राष्ट्रिय हित र स्वार्थलाई दृष्टिगत गर्दै गलत नीति, मार्गचित्र त्रुटिहरु सच्याउने तर्फ गंभीरतापूर्वक सोच्न सबै राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।
बैठकले एकता महाधिवेशनबाट पारित बैचारिक मान्यतामा आधिरत रहेर समान बिचारधारा रहेका दलहरुसंग सहकार्य र एकता गर्ने सम्बन्धमा वार्ता गर्न अध्यक्ष थापालाई पूर्ण अधिकार दिने निर्णय भएको पनि प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तस्विर : मुकुन्द कालिकोटे