Logo

‘नेपाललाई विश्वको पर्यटकीय गन्तव्य बनाउन आवश्यक’



काठमाडौँ, ९ असोज : सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार भएको बताएका छन् ।

आज यहाँ आयोजित नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को तेस्रो केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै महराले भने,“मुलुकको विकास र समृद्धिका लागि पर्यटन प्रवद्र्धन अपरिहार्य छ, यसमा सरकारसहित सबै क्षेत्र लाग्नुपर्दछ ।”

सभामुख महराले नेपाललाई विश्वको पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउनुभयो । नेपाल पर्यटन पत्रकार महासङ्घले शुरु गरेको विधागत पर्यटन पत्रकारिताले मुलुकमा नयाँ आयाम थपिएको भन्दै महराले पर्यटनको प्रवल सम्भावनालाई महासङ्घको गतिविधिले यस क्षेत्रमा उन्नयन हुने विश्वास व्यक्त गरे।

महासङ्घका अध्यक्ष धनीराम शर्माले पश्चिम नेपालबाट थालिएको पर्यटन क्षेत्रको विधागत पत्रकारिताले राष्ट्रियस्तरसम्म आइपुग्दा अपेक्षित आकार लिएको बताउँदै मुलुकको विकासमा महासङ्घले विधागत पत्रकारिताबाट सहयोग पु¥याउन अनवरत रुपमा लागि पर्ने धारणा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्