काठमाडौं, १७ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बैदेशिक रोगजारका नाममा बिदेश पलायन हुने प्रवृति राज्यका लागी चूनौति भएको बताएका छन ।
सोमबार काठमाडौमा आयोजना गरिएको ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ त्रिपक्षीय अन्र्तक्रिया कार्यक्रममा मन्त्री बिष्टले स्वदेशमा कामप्रतिको आकर्षण कम घट्दै जानु र बैदेशिक रोगजारका नाममा बिदेश पलायन हुने प्रवृति राज्यका लागी चूनौति भएको बताएका हुन् ।
जनशक्ति उत्पादनमा राज्यले बनाउनुपर्ने योजना र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । मन्त्री विष्टले आउदो बर्ष थप लाखौको संख्यामा नेपालको युवाहरुलाई रोजगारी सिजर्ना गर्ने दाबीसमेत गरे ।
सामाजिक सुरक्षा अभियानलाई पुरानै कार्यक्रम भनेको प्रति टिप्पणी गर्दे मन्त्री बिष्टले सरकारले गरेको नयाँ काममा पुराना कुरा दोहराउने प्रवृति हावी भएको पनि बताए । बाईट……….
मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारीको अवसर सृजना गर्नुपर्नेमा सरकार गम्भीर रहेको उनले बताए ।
तस्विर : मुकुन्द कालिकोटे