Logo

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घट्यो



काठमाडौं, १७ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सोमवार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको प्रवक्ता वीरेन्द्र गोइतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।

मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ११२ र डिजेल/मट्टितेल ९९ रुपैयाँ कायम भएको छ। समायोजन गरिएको मूल्य सोमवार राति १२ बजेबाट लागु हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ।



प्रतिक्रिया दिनुहोस्