मंसिर १७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एसिया समिटको विरोध गर्नेहरु आफैँ समाप्त हुने चेतावनी दिएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेपाललले समिट नेपालका लागि फाइदाजनक भएको दावी समेत गरे ।
समिटमा सरकार र प्रधानमन्त्री केपी ओलीको सहभागितालाई लिएर तिब्र असन्तुष्टी भइरहेका बेला नेता नेपालले भने समिटको बचाउ गरेका हुन् ।
समिटको आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेका एकनाथ ढकालकोसमेत नेपालले बचाउ गरेका छन् । नेपाल आफैँ पनि ढकालको सहयोगमा देश विदेश घुम्ने गरेका नेता हुन् ।
समिटमा आएकी मदर मुनको पनि नेपालले खुलेर प्रशंसा गरे । अघिल्लो दिन सोही कार्यक्रममा नेकपाकै नेता भीम रावलले भने समिटको विरोध गरेका थिए । तर नेपालले भने रावलको तर्कप्रति असन्तुष्टी जनाए ।
उनले आफू पनि समिटमा सहभागि भएर आशीर्वाद लिएको स्विकार गरे ।